...

कैलाश मानसरोवर यात्रा केरुङ रुट (नेपाली )

0
Place Your Enquiry
Place Your Enquiry
Please enable JavaScript in your browser to complete this form.
Nationality
Save To Wish List

Adding item to wishlist requires an account

3448

You May Also Like !

Mardi Base Camp Trekking

Kanchanjunga Trekking

Pilgrimage Nepal 11 Days

Pilgrimage To Muktinath

Langtang Helambu Trekking

Upper Mustang-Lo Mangthang

Ghorepani Poonhill Trekking

Everest Base Camp Trekking

Everest View Trekking

Naturally Nepal

Glimpse Of Nepal

Kathmandu Tour with Nagarkot

Why ABC Adventures?

  • Wide range of packages with best price
  • Instant support and efficient processing
  • Easy navigation and booking
  • Well trained & experienced guides
  • Online Certificate Of Completion

Any Questions?

We will feel glad to talk with you, call or whatsapp or write to us, we will get back to you shortly

+977 14953662

+977 980-1212000

info@abcadventures.com

 

  • १० दिन
  • कठिनाई: मध्यम
  • उच्चतम उचाइ : ५६७० मिटर (डोल्मा-ला)
  • उत्तम सिजन: मे देखि सेप्टेम्बर
  • न्यूनतम व्यक्ति : ०१ (समूहमा सामेल हुने)
  • यात्रा रुट: काठमाडौं | सिफ्रुबेशी | केरुङ | सागा | मानसरोवर | डार्चेन | दिराफुक | कैलाश | जुथुल्फुक
Tour Details

पवित्र कैलाश पर्वत तथा  मानसरोवर यात्रा २०२४ केरुङको बाटो हुँदै ०९ रत १० दिन

ॐ नमः शिवाय !!! पवित्र कैलाश पर्वत तथा मानसरोवर तालको यात्रा, अरु बिकल्प मध्ये बस यात्राद्वारा जानु आफैमा एउटा अनौठो अनुभव तथा उत्तम विकल्प होे। यो जीवनमा एक पटक गरिने यात्रा जसको मार्ग विशाल हिमालय शृङ्खला पार गर्दै तिब्बती पठारमा ऐतिहासिक सिल्क रोड संग जोड्दछ। यो यात्रा एक रोमान्चक हुनुका साथै साहसिक यात्रा पनि मान्न सकिन्छ। यो यात्रा अवधिभर तिब्बतका विभिन्न भाषा, बर्ण, भेषभुषाका मानिसहरु तथा घुमन्ते समुदायहरूलाई भेट्ने अनौठो अवसर पनि प्रदान गर्दछ। मनमोहक दृश्यहरू, शान्त हिमाली पठार, घुमाउरो बाटो र पहाडहरू देख्दा लग्दछ कि, यो सबै कल्पनाभन्दा बाहिरका छन् र कुनै कुशल कलाकारले जीवन्त चित्रित गरेको जस्तो देखिन्छ।

नेपाल तथा चीन सरकारद्वारा मान्यता प्राप्त प्रतिष्ठित कम्पनि जो बिगत ३० बर्ष देखि कैलाश तथा मानसरोवर यात्रामा अनुभव बटुलेको यस ए.बि.सि. एड्भान्चर्स प्रा.ली. ले यस बर्ष पनि गर्वकासाथ कैलाश तथा मानसरोवर यात्रा केरुङ रुट प्रस्तुत गर्दछ। यो कैलाश तथा मानसरोवरको यात्रामा तिब्बति भूभागहरूको अन्वेषण तथा मनोरम दृश्यावलोकन गर्ने एक अवशरदायि यात्रा पनि मान्न सकिन्छ, जुन अहिले आधुनिक सडक प्रणाली र यातायात सुविधाहरूद्वारा पहुँचयोग्य भएको छ। प्रत्येक वर्ष, यस कम्पनीले धेरै हिन्दू तीर्थयात्रीहरू तथा अन्य यात्रुहरूलाई स्वागत गर्दैआईरहेको र यात्रीहरूलाई पवित्र कैलाश पर्वत र वैद्धिक ताल मानसरोवरको जीवन परिवर्तनकारी यात्रामा मार्गदर्शन गर्ने कार्य पनि निरन्तर रुपमा गर्दै आइरहेको छ। हाम्रो लक्ष्य भन्नुनै सबै यात्रीहरूलाई पवित्र कैलाश पर्वतको परिक्रमा पूरा गर्न प्रेरित गर्दै, पवित्र ताल मानसरोवरमा स्नान गरि यस यात्रालाइ सफल बनाउन हर बखत प्रयासरत रहनु हो। भनिन्छ जो व्यक्ति पवित्र मानसरोवर तालमा स्नान गरि कैलाश पर्वतको दर्शन तथा परिक्रमा गर्दछ, त्यस व्यक्तिले विगतमा गरेका सबै नश्वर पापहरू धोइन्छ र स्वर्गका लागि आध्यात्मिक मार्ग प्रशस्त हुन्छ। आउनुहोस, यस पवित्र यात्राको साथ, प्रकृतिक शक्तिको महानताको अनुभव गर्दै, यस असाधारण तीर्थयात्रामा भगवान शिवको दिव्य अनुग्रह महसुस गर्ने सुबर्ण अवसर सुनिश्चित गर्नुहोस ।

 
 
 
 
 
 

Departure & Return Location

Kathmandu (Google Map)

यात्रा तालिका

जेष्ठ २०८१:
०६ देखि १५ जेष्ठ       पूर्णिमा (मानसरोवर तालमा)
१७ देखि २६ जेष्ठ


आषाढ २०८१:
०४ देखि १३ आषाढ  पूर्णिमा (मानसरोवर तालमा)
१४ देखि २३ आषाढ


श्रावण २०८१:
०२ देखि ११ श्रावण   पूर्णिमा (मानसरोवर तालमा)
१० देखि १९ श्रावण
३१ श्रावण देखि ०८ भाद्र  पूर्णिमा (मानसरोवर तालमा)


भाद्र २०८१:
१६ देखि २५ भाद्र
२० भाद्र देखि २९ भाद्र

 
 

यात्रा खर्चमा समाबेश

  • काठमाडौँ देखि रसुवागढी तथा रसुवागढी देखि काठमाडौँ सम्मको बसको व्यवस्था
  • तिब्बत साइडमा लक्जरी बस को व्यवस्था
  • मानसरोवर तालको परिक्रमा को लागि पर्यावरणीय बसको व्यवस्था
  • यात्रा को समयमा सबै भन्दा राम्रो (उपलब्ध भए सम्म )आवासको व्यवस्था सहित सम्पूर्ण शाकाहारी खानाको व्यवस्था
  • प्रति दिन २ बोतल मिनरल वाटरको व्यवस्था
  • कुशल तथा अनुभबी कर्मचारी
  • आवश्यक सम्पूर्ण अनुमति तथा परमिटहरू
  • तिब्बत/चीन भिसा शुल्क
  • यात्राको समयमा समान राख्नकोलागि निःशुल्क डफल ब्याग
  • चिसोबाट बच्नको लागि कम्पनिबाट प्रधान गरिने फिर्ता योग्य ज्याकेट
  • प्राथमिक उपचार किट, मेडिकल अक्सिजन, पल्स अक्सिमिटर, डायमोक्स र अन्य आवश्यक औषधिहरू।

यात्रा खर्चमा समावेश नभएको

  • पेय पदार्थ तथा व्यक्तिगत प्रकृतिका खर्चहरु
  • उद्धार र आपतकालीन खर्चहरु
  • लट्ठी तथा अतिरिक्त पानीको बोतलको खर्चहरु
  • बीमा र निकासी खर्चहरु
  • कैलाश परिक्रमाको समयमा व्यक्तिगत घोडा÷पोनी सवारी÷व्यक्तिगत भरिया शुल्क।
  • अतिरिक्त र अतिरिक्त सामान वा कार्गो शुल्क।

पूरक

  • फिर्ता गर्न सकिने आधारमा डाउन ज्याकेट
  • सामान स्थानान्तरणको लागि एउटा डफेल झोला
यात्राका बिशेषताहरु
  • पवित्र कैलाश पर्वत (भगवान शिवको साक्षात शिवलिंग) र विशाल ताल मानसरोवर (भगवान ब्रह्मा र विष्णुको लोक) को परिक्रमा तथा भ्रमण
  • सम्पूर्ण यात्राभरी, अनुभवी टिम लिडरको नेतृत्वमा अन्य कर्मचारी टोलीहरुले, व्यक्तिगत हेरचाह गरिने
  • शुद्ध शाकाहारी खानाको सेवा प्रधान गरिने
  • आवश्यक सम्पूर्ण आधारभूत स्वास्थ्य समाग्री को व्यवस्था
  • गणेश पर्वत, गणेश कुण्ड तथा गौरी कुण्डको दर्शन
Itinerary

पहिलो दिन काठमाडौं देखि स्यफ्रुबेशी हुँदै टिमुरे सम्म (२७२० मिटर)

हाम्रो यात्रा सुरु गर्नु भन्दा अगाडि कुनै निश्चित ठाउँमा बसी यात्राको बारेमा सम्पूर्ण जानकारी पश्चात हाम्रो यात्रा सुरु हुनेछ।
काठमाडौं उपत्यकाको उत्तर–पश्चिम हुंदै हाम्रो बस यात्रा स्यफ्रुबेशी हुँदै टिमुरे सम्मको हुनेछ । यात्राका क्रममा, हामी सडक वरपरका सुन्दर गाउँ र शहरहरू, खोला, नाला, भिर, पाखाका बस्तिहरु हेर्दै यस रमणीय यात्रामा हामी लाङ्टाङको प्रवेशद्वार, गणेश हिमाल र तामाङ सम्पदा ट्रेलको प्रबेशद्वार छिचोल्दै आजको गन्तब्य टिमुरे सम्मको यात्रा तय गर्नेछौं।

उचाईः २७२० मिटर दूरीः १२५ किमी भोजन समावेशः दिवा खाजा, बेलुकाको खाना

दोश्रो दिन टिमुरे देखि केरुङ (३००० मिटर)

बिहानको नास्ता पछि हाम्रो दोश्रो दिनको यात्रा सुरु हुनेछ। आजको यात्रामा सर्बप्रथम हामी टिमुरे देखि रसुवागढ़ी सम्मको आधा घन्टाको यात्रा हुनेछ। नेपाल–तिब्बत (चीन) सीमानामा रहेका दुबै देशमा हुने सबै अध्यागमन र भन्सारका आवश्यक औपचारिकताहरू पूरा गारी चीन तर्फ छुट्टै बसमा २५ किलोमीटरको यात्रा पार गारी आजको हाम्रो गन्तब्य केरुंग सम्म प्रस्थान गर्दछौं। केरुङ गाउँ नेपालसँगको महत्वपूर्ण व्यापारिक गाउँ पनि हो।

उचाईः ३००० मिटर दूरीः २५ किमी भोजन समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

तेश्रो दिन केरुङ देखि सागा (४१०० मिटर)

केरुङको रमणीय तथा आरामदायी बसाई पछि, हाम्रो यात्रा सुक्खा परिदृश्य सहितको विश्वको अग्लो तिब्बती क्षेत्र हुदै अगाडि बढद्छ। यात्रारत सडकलाई पिकुत्शो भन्ने सुन्दर ताल नजिक न्यालम र ज्गाङ्मुबाट आएको सडकले जोड़दछ र यो सडकले एउटा सानो पास र पुल पार गरेपछि हामि सीधै सागा पुग्दछौं, जून गाउँ आजको हाम्रो गन्तब्य हो।

उचाईः ४१०० मिटर दूरीः २२० किमी भोजन समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

चौथो दिन सागामा अनुकूलन दिन

आजको यो दिन हाम्रो शरीरलाई उच्च उचाइमा वातावरण अनुकूलताको लागि समर्पित हुनेछ । आजको दिनले हामीलाई सागा गाउँ, नजिकैका बजारहरू, र गुम्बाहरू घुम्ने अवसर प्रदान गर्दछ।

उचाईः ४१०० मिटर दूरीः ० किमी भोजन समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

पाँचौ दिन सागा देखि मानसरोवर ताल (४५६० मिटर)

सागामा बिहानको नास्ता पछि हाम्रो यात्रा तिब्बती मैदानहरूको लामो विस्तार, गाउँहरू, याक गोठालाहरूको शिविरहरू र उचाईमा रहेका पासहरु पार गर्दै, प¥याङको गाउँमा पुग्नेछौं। त्यहाँबाट पनि मायूम्ला पास काटि होर्चु सहर हुँदै मानसरोवर तालको लागि हाम्रो यात्रा जारी रहन्छ। साँझमा, पवित्र मानसरोवर तालको रमणीय तथा अद्भुत दृश्यहरूले हामीलाई स्वर्गीय आनन्द प्राप्त हुनेछ । यिनै मनोरम तथा वैधिक दृश्यहरु सँगै यस तालको केहि भागको परिक्रमा गर्दैे आजको हाम्रो यात्रा मानसरोवर तालको च्युगुम्बामा टुङ्गिनेछ।

उचाईः ४५६० मिटर दूरीः ४७५ किमी भोजन समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

छैठौ दिन मानसरोवर देखि दार्चेन (४५६० मिटर)

बिहानको पहिलो प्रहरमा मानसरोवर तालमा पवित्र स्नान गरि पूजा पाठ तथा हवन गरिनेछ। तत् पश्चात दिवा खान पछि यस तालको बाँकि परिक्रमा गर्दै कैलाश पर्वतको आधार शिविर भनेर चिनिने दर्चेन पुगिने छ।

उचाईः ४५६० मिटर दूरीः ३५ किमी भोजन समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

सातौं दिन दार्चेन देखि थर्बोचे सम्म बस यात्रा, दिराफुक सम्म पैदल यात्रा (४८०० मिटर) (१६ किमी/५–७ घण्टा)

दार्चेनमा बिहानको खाजा पछि, १५ मिनेटको बस यात्रामा थारबोचे (शेरसोङ) पुग्दछौं। जहाँ हामी येमराजको द्वार भनेर चिनिने यम द्वार लाई परिक्रमा संगै द्वार भित्र प्रवेश गरेर हाम्रो कैलाश पर्वतको परिक्रमा आरम्भ गर्दछौ। बाटोमा यम द्वारको दर्शन गर्नाले मृत्युको डर हट्छ र यात्रा बिना समस्या अगाडि बढ्छ भन्ने विश्वास छ। आजको यात्रा हामी दिराफुक सम्मको तय गर्दछौ। बाटोमा, कैलाश पर्वतको पश्चिम र उत्तरको भागको दर्शनका साथै यात्रामा ओरपराका प्राकृतिक मनोरम दृश्यहरुले हाम्रो यात्रालाई रोमान्चित बनाउँदछ। हामि दिराफुक पुग्दा, लजको अगाडि कैलाश पर्वतको पूर्ण लिङ्गको दर्शनको आनन्द लिनेछौं। यदी, छोटो समयमा दिराफुक सम्मको यात्रा गर्न सके हामी कैलाश पर्वतको चरण स्प्रश सम्म पूगि दर्शन गर्ने मौकापनि पाउन सक्छौ।

उचाईः ४८०० मिटर, दूरी ः २२ किमी, खाना समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

आठौ दिन दिराफुक देखि जुथुल्फुक (४६०० मिटर) – १८ किमी / ०७–०८ घण्टा पैदल

दिराफुकमा विहानको नास्ता र कैलाश पर्वतको पूजाआजा गरी हामी यस यात्राकै सबैभन्दा कठिन पैदल यात्रा जुथुलफुक सम्मको यात्रामा अगाडी बढदछौं । यो यात्राको चुनौती भनेको ५६७० मिटर उचाइमा रहेको डोल्मा–ला हो। डोल्मा–ला उक्लिने क्रममा हामी गणेश पर्वत तथा गणेश कुण्डको दर्शन गर्नेछौं। डोल्मा–लामा छोटो विश्राम पछि हाम्रो यात्रा क्रमश तल ओर्लनेछ। तल ओर्लँदा गौरी कुण्डको अद्भुत दृश्य र दर्शन गर्ने मौका मिल्दछ र दर्शन संगसंगै हामी जुथुलफुक सम्मको यात्रा तय गर्दछौ।

उचाईः ४६०० मीटर, दूरी ः १८ किमी, खाना समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

नवौ दिन जुथुल्फुक देखि सागा सम्म

बिहानको खाजा पछि, हाम्रो पैदल यात्रा करिब ३ घण्टा सम्मको रहनेछ र मणि पर्खालमा समाप्त हुनेछ। हामीलाई पर्खिरहेको गाडीले त्यहाँबाट दिवा खानाको लागि दार्चेन पुर्योउने छ। खाना पछि, हाम्रो यात्रा फेरी मानसरोवर ताल हुँदै सागा गाउँमा पुगी समाप्त हुनेछ।

उचाईः ४१०० मिटर दूरीः ५०० किमी भोजन समावेशः बिहानको खाजा, खाजा, बेलुकाको खाना

दशौ दिनसागा देखि केरुङ हुँदै काठमाडौँ

बिहानीको खाजा पछि हाम्रो यात्रा फेरी उही आएको बाटो हुदै केरुङ फर्कन्छ र आवश्यक अध्यागमन प्रक्रिया पुरा गरि नेपाल प्रवेश गरे संगै रसुवागढीमा नेपाल तर्फको बसमा हाम्रो यात्रा काठमाडौँ सम्म रहनेछ र यहि यात्रा संग संगै हाम्रो यस पबित्र कैलाश तथा मानसरोवर तालको तिर्थ यात्रा समाप्त हुनेछ।

उचाईः १३३७ मिटर दूरीः ३७० किमी भोजन समावेशः बिहानको खाजा, दिवा खाना

Map
(Coming Soon)
Photos
6 travellers are considering this tour right now!
error: Content is protected !!
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.